खोटाङ– खोटाङमा टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका छन् । यात्रु लिनका लागि हुर्लुङतर्फबाट दिक्तेलतर्फ जाँदै गरेको को१ज ३०२७ नम्बरको खाली टाटा सुमो दुर्घटना हुँदा सुनसरी तरहराका २६ वर्षीय रामकुमार खनाल गम्भीर घाइते भएका हुन् ।

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हुर्लुङ सडक खण्डको दिखुवाखोलामा सोमबार सुमो पल्टिँदा चालकको देब्रे खुट्टा भाँचिएको र दाहिने हातमा पनि समस्या देखिएको प्रहरीले जनाएको छ । सुमो सडकबाट करिब ५० मिटर तल खसेको थियो ।