काठमाडौं – साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुन,चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ सय रूपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेर तोलामा १ हजार ३ सय ९० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।