साङ्केतिक तस्वीर

ताप्लेजुङ – ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका– ५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ ।

उनले सामान्य घरायसी झैझगडामा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।