गुल्मी – गुल्मीमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । मुसिकोट नगरपालिका–१ पखेरा बस्ने २१ वर्षीय दीपेन्द्र बिकलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दीपेन्द्रले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।