काठमाडौं – साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाए अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५ सय रूपैयाँ कायम भएको हो ।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा १० रूपैयाँले बढेर तोलामा १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।