बेलायत – जर्सीको राजधानी सेन्ट हेलियरमा रहेको फ्ल्याटको ब्लकमा भएको ‘विनाशकारी’ विस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने अन्य धेरै बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । बिहान ४ बजे विष्फोट हुनुअघि बासिन्दाहरूले ग्यासको गन्ध आएको रिपोर्ट गरेपछि अग्नि नियन्त्रकको टोली परिचालन गरिएको जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुलाई बताएका हुन् ।

जर्सीका प्रहरी प्रमुख रोबिन स्मिथका अनुसार, ‘तीन तले भवन छ जुन पूर्ण रूपमा भत्किएको छ । त्यहाँ नजिकैको भवनमा पनि क्षति पुगेको छ, । अर्को ब्लकमा फायर सर्भिसले सुरक्षित बनाउन आवश्यक छ । ’

सामाजिक सञ्जालमा खिचिएका तस्बिरहरूले सेन्ट हेलियरको आगोको माथिबाट बिहानको समयमा बाक्लो धुवाँ निस्किरहेको देखाएको थियो । स्मिथले करिब एक दर्जन व्यक्तिहरू हराइरहेका बताएका छन् । एजेन्सी