दोहा— कतारी विश्वकप फुटबल संस्करणका क्वाटरफाइनलको अन्तिम खेलमा इङ्ग्याण्डलाई हराउँदै फ्रान्स सेमिफानलमा प्रवेश गरेको छ । अन्तिम चारमा पुग्न फ्रान्सले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा इङ्ग्ल्यान्डले पेनाल्टी चुकाउँदा फ्रान्सका लागि सेमिफानलको यात्रा सहज बन्यो । साविक विश्वकप च्याम्पियन फ्रान्सलाई अन्तिम चारमा पु¥याउने क्रममा औरेलेनी टचौमेनी र ओलिभर जिरुडले गोल गरेका थिए ।

फ्रान्ससँग १–० गोलले पछि परेको इङ्ग्याण्डका लागि मिलेको पेनाल्टीको सदुपयोग गर्दै ह्यारि केनले पेनाल्सटी पहिलो गोल गरे । खेल १–१ को बराबरी गरे । तर फ्रान्स खेलमा फर्किदै जिरुडले ७८ औं मिनेटमा गोल थपे । जिरुडको गोल मद्धतले २–१ गोलले पछि परेको इङ्ग्ल्याण्डले बराबरी गर्न अर्को पनि पेनाल्टी पायो । तर यस पटकको पेनाल्टी इङ्ग्याण्डका लागि बराबरी गर्न सार्थक भएन । इङग्याण्डलाई फ्रान्ससँग बराबरी गर्ने अवसर ८४ औं मिनेटमा मिलेको थियो । तर खेल सकिने अन्तिम समयमा पाएको पेनाल्टीमा क्याप्टेन ह्यारि केन चुक्न पुग्दा फ्रान्सलाई फाइदा हुन पुग्यो । अन्ततः पेनाल्टी सदुपयोग हुन नसक्दा इङ्ल्याण्डको कतार विश्वकप यात्रामा पूर्णबिराम लाग्यो ।

साविक विश्वविजेता फ्रान्सलाई खेलको १७ औं मिनेटमा औरेलेनी टचौमेनीले गोलगर्दै अग्रता दिलाएका थिए । उनले ग्रिजम्यानको पासलाई सदुपयोग गर्दै डिबक्स बाहिरबाट गरेको शक्तिसालि प्रहार गोलमा परिणत भयो । खेलमा फर्कने क्रममा ५४ औ मिनेटमा पेनाल्टी मार्फत् खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए । तर जिरुडले ७८ औ मिनेटमा फ्रान्सलाई पुन अग्रता दिलाएका थिए। तर उनको अग्रतालाई पुन बराबरी गर्ने मौका चुकाएसँगै इङ्ग्ल्यान्ड विश्वकप फुटबलमा लगातार दोस्रो पटक सेमिफाइनलबाट बाहिरियो।

फ्रान्सले अब फाइनल प्रवेशका लागि अफ्रिकन टिम मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । मोरक्कोले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम चारको सेमिफाइनल यात्रा तय गरेको छ । पोर्चुगललाई दवावमा राखेर मैदानमा उत्रिएको मोरक्को अन्तिम चारमा पुगेको यो पहिलो पटक हो । उसले अब फ्रान्सलाई सेमिफाइनलमा हराउन सके फाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्रपनि हुनेछ ।

विश्वकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल चरण सकिएका छन् । अब विश्वकप जित्न चार देशको भिडन्त हुने छ । पहिलो सेमिफाइनल अर्जेन्टिना र क्रोएसियाबीच हुने छ भने दोस्रो सेमिफाइनल फ्रान्स र मोरक्कोबीच हुने छ । अघिल्लो पटकको विजेता र उपविजेता सेमिफाइनलमा पुग्दा कतार विश्वकप फाइनलमा पनि यी दुवै टिमको सम्भावनालाई नकार्न सकिंदैन ।