दोहा – कतारमा भैरहेको विश्व फुटबलको कुम्भमेलाको क्वाटरफाइनल अन्तर्गत आज अन्तिम दुई टिमबीच खेल हुँदैछ । आज क्वाटरफाइनल सकिएपछि विश्वकप फुटबलको खेल अन्तिम चार टोलीबीच सेमिफाइनल हुनेछ ।

नेपाली समयअनुसार राति पौने नौ बजे अल थुमामा स्टेडियममा हुने तेस्रो क्वाटरफाइनल पोर्चुगल र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा साविक च्याम्पियन फ्रान्स र इङ्ग्ल्यान्डबीच राती पौने एक बजे अल बायत स्टेडियममा भिड्ने छन् ।

यी दुई खेलपछि सेमिफाइनलको समीकरण पुरा हुनेछ । हिजो भएको खेलबाट क्रोएसियाले ब्राजिललाई हराएर सेमिफाइनलमा पुगेको छ भने अर्को खेलमा अर्जेन्टिनो नेदरल्याण्डलाई हराएर सेमिफाइनमा प्रवेश गरेको छ ।

पोर्चुगल र मोरक्को तथा फ्रान्स र इङ्ग्ल्याण्डबीच हुने खेलबाट दुई टिमले जित निकालेर अन्तिम चार सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा पुग्न चारवटै टिम जितको खोजिमा मैदानमा भिड्ने छन ।

मोरक्कोले राउण्ड अफ १६ मा स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वाटरफाइनल पुगेको थियो । भने पोर्चुगलले स्विट्जरल्यान्डमाथि आधा दर्जन गोल गर्दै अन्तिम ८ मा पुगेको थियो ।