दोहा— कतारमा हाल भैरहेको विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार राति पौने १ बजे सुरुभएको क्वाटरफाइनलमा डच टोली नेदरल्याण्डमाथि सङ्घर्षपूर्ण जित निकाल्दै अन्तिम चार (सेमिफाइनल) मा पुगेको हो । निर्धारित तथा अतिरिक्त समय २–२ गोलको बराबरी भएको उक्त खेलमा अर्जेन्टिनाले अग्रता लिएको थियो । पहिलो हाफको ३५ औं मिनेटमा गोल गर्दै अग्रता बनाएको अर्जेन्टिनालाई डच टोलीले आच्छुआच्छु पार्दै खेलमा फर्किएको थियो ।
दुई गोलको अग्रता बनाएको अर्जेन्टिनाले खेलमा आफुलाई सम्हाल्न नसक्दा नजित उल्टिने अवस्थामा पुगेको थियो । विश्वकप फुटबलको दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना विरुद्ध नेदरल्यान्डले सानदार पुनरागमन गर्दै खेल २–२ गोलको बराबरीमा ल्याएको थियो । खेल २–१ को अग्रतामा खेलिरहेको अर्जेन्टिना अन्तिम १ मिनेट सम्हालिन नसक्दा बराबरी रोकिन पुग्यो र खेल अतिरिक्त समयमा थकेलियो । दुवै टिमबाट गोलका प्रयास भएता पनि बलले जालि चुम्न नसक्दा खेल पेनाल्टीतर्फ धकेलिन पुग्यो ।

पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले ४–३ को जित निकाल्दै अघिल्लो संस्करणको उपविजेता क्रोएसियासँगको सेमिफाइनल खेल पक्का ग¥यो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका गोलरक्षक एमिलिआनो मार्टिनेजले नेदरल्याण्डका सुरुवाती दुई प्रहारलाई उत्कृष्ट बचाउ गर्दै आफ्नो टिमलाई सेमिफाइनलमा पुर्याउने हिरो सावित भए । निर्धारित समयमा दुई गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिनाले जितका लागि पेनाल्टी सुटआउट सम्म कुर्नु परेको थियो ।

प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनाले ३५ औ मिनेटमा अग्रता बनाएको थियो। लियोनेल मेसीले दिएको उत्कृष्ट पासलाई नाहुएल मोलिनले सानदार फिनिस गर्दै डच टिम विरुद्ध सुरुवाती अग्रता दिलाउन सफल भए । दोस्रो हाफमा लियोनेल मेसीको पेनाल्टी गोलमार्फत अर्जेन्टिनाले अग्रता दोब्बर बनायो।७३ औ मिनेटमा पेनाल्टीमार्फत अग्रता दोब्बर बनाएको अर्जेन्टिना त्यसपछि खेल जोगाउन नसक्दा नेदरल्यान्डले खेलमा फर्किएको थियो।
नेदरल्यान्डका लागि वउट वेघोष्टरले दुवै गोल गरेका थिए । उनले ८३ औं मिनेटमा पहिलो गोल गर्दा १० मिनेट थप गरिएको इन्जुरी समयको अन्तिम मिनेटमा पाएको फ्रिकीक बललाई जालि चुमाउँदै बराबरी गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिन पुग्यो ।

यता अर्को महारथि टिम ब्राजिल भने क्रोएसियाबाट पेनाल्टी सुटआउटमै चुक्दा कतार विश्वकपबाट बाहिरियो । लगातार दोस्रो पटक विश्वकपको सेमिफाइनलमा प्रवेश गर्ने क्रममा क्रोएसियाले अविश्वसनीय प्रदर्शन गर्दै ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । सुरुवाती अग्रता ब्राजिलले बनाएता पनि क्रोएसिया खेलमा फर्किदै गोल गर्न सफल भयो । अतिरिक्त समयमा पनि गोल हुन नसक्दा पेनाल्टीमा पुगेको खेलमा ब्राजिल क्रोएसियासँग स्तब्ध बन्न पुग्यो ।