फाइल तस्वीर

मस्को– रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु युद्धको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् । गत फेब्रुबरी २४ तारिखमा युक्रेनमाथि आक्रमण चलिरहेको युद्धकाबीच पुटिनले परमाणु युद्धको जोखिम बढ्दै गएको अभिव्यक्ति दिएका हुन् ।

रुसी राष्ट्रपतिको यो भनाइले अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको छ । मानवाधिकारी परिषदको बैठकमा बोल्दै रुसी राष्ट्रपति पुटिनले दिएको अभिव्यक्तिलाई विश्लेषण गर्दै युद्धको जोखिम बढेको बताइएको छ ।

राष्ट्रपति पुटिनले रुसले परमाणु हतियारको प्रयोगबाट बच्ने निर्णय गरेको बताएता पनि यसको प्रयोग हुँदैन भन्ने गलत बुझाइ राख्न भने नहुने चेतावनी दिएका हुन् । पुटिनले रुसको सीमामा कुनै आक्रमण भएको अवस्थामा भने परमाणु युद्धको आशङ्का अस्वीकार गर्न नसकिने बताएका छन् ।

‘रुसको रक्षासम्बन्धी एक रणनीति छ । हामी विध्वङ्शक हतियारलाई यो रणनीतिको रुपमा हेर्छौं । यसको प्रयोग प्रत्याक्रमणको कारबाहीमा गरिन्छ । यसको अर्थ हामीमाथि कुनै सङ्कट आइपर्छ भने हामी यसको प्रयोग गर्छौं’– रुसी राष्ट्रपतिले मानवाधिकारी परिषदको बैठकमा भने ।

पुटिनले अमेरिकाले आफ्नो परमाणु हतियार युरोपमा धेरै मुलुकमा राखेको भए पनि रुसले भने आफ्नो मुलुकबाहेक कतै पनि परमाणु हतियार नलगेको दावी गरेका छन् । आवश्यक परेको अवस्थामा रुसले त्यस्ता हतियार आफ्नो छिमेकी मुलुकमा पनि लैजान सक्ने बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् ।

रुसी राष्ट्रपति पुटिनले मानवाधिकारी परिषदको बैठकमा बोल्दै ‘हामी पागल होइनौं । हामीलाई थाहा छ कि परमाणु हतियार के हो र यसले कति विनाश निम्त्याउन सक्छ भन्ने। हामीसँग कुनै पनि मुलुकको तुलनामा आधुनिक र विकसित परमाणु हतियार छ, यो स्पष्ट छ’– भनेका छन् । सोमबार युक्रेनले रुसको सीमाभित्र ड्रोन आक्रमण गरेको थियो । नौ महिनादेखि जारी रहेको युद्धमा युक्रेन यति धेरै आक्रामक बनेको पहिलो पटक हो ।