काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर ८ सय ३ जनामा पीसीआर विधिबाट तथा ८ सय ८० जनामा एन्टिजेन विधिबाट नमुना परीक्षण गर्दा ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

कोरोनाबाट पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १२ हजार १९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा १६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ७२ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।