प्रतिकात्मक तस्वीर

काठमाडौं– साताको चौथो दिन आज बुधबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १६ दशमलव ६१ अङ्कले घटेर १९१७ दशमलव २८ विन्दुमा पुगेको छ । मङ्गलबार सेयर बजार ५ अङ्कले ओरालो लागेको थियो भने ९६ करोडको कारोबार भएको थियो ।

बुधबार ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४ दशमलव ४४ अङ्कले घटेर ३७३ दशमलव ६४ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०४ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा सानिमा शीर्ष स्थानमा छ । यसको आज ६७ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा सिभम् सिमेन्ट र तेस्रोमा नविल बैंकको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये जम्मा एक उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ । कारोबारमा खप्तड लघुवित्त वित्तिय संस्था ६ दशमलव ०९ प्रतिशत र कुमारी धानवृद्धि योजना ५ दशमलव १५ प्रतिशतले बढेको छ ।