काठमाडौं – साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन तोलामा ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदीको मूल्य पनि आज स्थिर रहेको छ । हिजो १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।