काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज बुधबार नेपाल र घरेलु टोली नामिबियाबीच प्रतिस्पर्धा हुँदैछ । यी नेपालले घरेलु टिम नामिबियासँग आज दिउँसो १:४५ बजे युनाइटेड क्लब क्रिकेट ग्राउण्डमा हुनेछ ।

नेपाल, नामिबिया र स्कटल्याण्डसहित तीन देशले प्रतिस्पर्धा गरिरहेका छन् । नेपालले आफ्नो तेस्रो खेल आज नामिबियासँग खेल्दै । नेपाल र नामिबियाबीच यसअघिको खेल वर्षाले प्रभावित हुँदा नतिजा बिहीन बनेको थियो । यी दुवैले बराबर अङ्क बाँडेका थिए । यसअघिको नेपालले आफ्नो दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो । नामिबियाले भने स्कटल्याण्डलाई हराएको थियो । स्कटल्याण्डसँग पराजित भएको नामिबियाले नेपालसँग अङ्क बाँडेको हुँदा आज यी दुवैटिम जितको खोजिमा छन् ।

नेपाल घरेलु टोली नामिबियालाई हराउँदै पहिलो जितको खोजीमा हुनेछ । नेपालले कम्तीमा तीन खेल जित्ने लक्ष्य राखे पनि त्यो अब पूरा नहुने भएको छ । नेपालले अब बाँकी दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै जित्नु पर्ने हुन्छ । दुई खेल जित्न सकेमा नेपालको लागि नामिबिया भ्रमण सुखद् हुनेछ । नेपालले शृङ्खलाको अन्तिम खेल बिहीबार स्कटल्याण्डसँग खेल्नेछ । सात राष्ट्र सहभागी लिग टु मा नेपाल २२ खेलबाट १८ अङ्कसहित छैटौं स्थानमा छ भने नामिबिया २९ खेलबाट ३५ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।