दोहा— कतारमा जारी विश्वकप फुटबलको अन्तिम आठका टिमबीच हुने क्वाटरफाइनलको समीकरण पुरा भएको छ । अन्तिम आठमा पुग्ने टिमको प्रि–क्वाटरफाइन सकिएको हो । विश्वका ३२ राष्ट्रको सहभागिता रहेको विश्वपकको नकआउट चरणमा प्रवेश गरेका १६ टिममध्ये आठ टिमलाई हराउँदै क्वाटरफाइनलका लागि अन्तिम आठमा पुगेका छन् ।

आज बिहानमात्रै सकिएको पोर्चुगल र स्विट्जरल्याण्डबीचको खेलपछि अन्तिम १६ को खेल सकिएसँगै क्वाटरफाइनल पुग्ने आठ वटै टिमको तय भएको छ । क्वाटर फाइनल पुग्ने टिममा साविक विजेता फ्रान्ससँगै अघिल्लो संस्करणको उप–विजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इङ्ग्ल्याण्ड, नेदरल्याण्ड, मोरक्को र पोर्चुगलले अन्तिम आठमा स्थान बनाएका छन्।

अब पहिलो क्वाटरफाइनलमा ब्राजिल र क्रोएसियाबीच शुक्रबार प्रतिस्पर्धा हुने भने दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्याण्डबीच मध्यरातमा प्रतिस्पर्धा हुनेछ ।

त्यस्तैगरी अर्को चार टिमको क्वाटरफाइनल खेल शनिबारमा मोरक्को र पोर्चुगल तथा मध्यरातमा फ्रान्स र इङ्ग्ल्याण्डबीच हुनेछ । यी आठ टिमका बिजेता चार टिम सेमिफाइनल (अन्तिम चार) मा पुग्नेछन् ।