साङ्केतिक तस्वीर
बुटवल – रुपन्देहीमा टिपर र मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउँपालिका–हिरापुरमा भयको उक्त दुर्घटनामा बुटवल–१६ का ३८ वर्षीय शालिकराम शर्मा मरासिनीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार टिपरको ठक्करबाट गम्भीर घाइते भएका शालिकरामको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । रा १ ख ७१३ नम्बरको बालुवा बोकेको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प १९ ५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटना पश्चात् टिपर चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।