फाइल तस्वीर
काठमाडौं – साताको तेस्रो कारोबार दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारेबार भइरहेको महासङ्घले जनाएको छ ।