दोहा— कतारमा जारी विश्वकप फुटबलको महाकुम्भ अन्तर्गत आज दुई खेल हुँदैछन् । आज हुने अन्तिम दुई खेल नकआउटचरणका हुन् । आज हुने खेलबाट नकआउटचरणको समीकरण पूरा हुने र विश्वकप फुटबल तेस्रो चरणमा अर्थात् क्वाटरफाइनलमा प्रवेश गर्नेछ । आजको पहिलो खेल स्पेन र मोरोक्कोबीच हुनेछ भने दोस्रो खेल पोर्चुगल र स्वीजरल्याण्डबीच हुनेछ ।

दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने नौ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै उपाधि दाबेदार मानिएको स्पेन प्रतियोगितामा आफूलाई बलियो बनाउने योजनामा छ । यता मोरक्कोको पनि स्पेनलाई हराउँदै अन्तिम आठको क्वाटरफाइनल यात्रामा जान चाहन्छ ।

यता पोर्चुगल र स्वीजरल्याण्डबीचको खेल भने नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै क्रिस्टियानो रोनाल्डो नेतृत्वको पोर्चुगल प्रतियोगिताको क्वाटरफाइनलमा पुग्ने योजनामा छ । क्रिस्टियानो रोनाल्डोको लागि यो विश्वकप अन्तिम हुने भएकाले आजको खेलमा स्वीजरल्याण्डलाई पाखा लगाउँदै जित निकाल्न आतुर छ ।

त्यसो त स्वीजरल्याण्ड पनि पोर्चुगलको सपनालाई तुहाउँदै कतार विश्वकपको यात्रामा आफ्नो दमदार खेल खेल्दै अन्तिम आठको यात्रा तय गर्ने योजनाका साथ मैदानमा उत्रनेछ ।