दोहा – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज मङ्गलबार अन्तिम १६ अन्तर्गत दुई खेल हुँदैछ । पहिलो खेलमा मोरक्को र स्पेनले पतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा पोर्चुगल र स्वीट्जरल्यान्डको प्रतिस्पर्धा हुनेछ ।

पहिलो खेल आज राति ८ः४५ बजे हुने मोरक्को र स्पेनको पहिलो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । मोरक्को समूह ‘एफ’ को विजेता हो भने स्पेन समूह‘ई’ को उपविजेता हो ।

दोस्रो खेलमा राति १२ः ४५ बजे पोर्चुगल र स्वीट्जरल्यान्डले प्रतिस्पर्धा गर्नेछन् । पोर्चुगल समूह ‘एच’ को विजेता र स्वीट्जरल्यान्ड समूह ‘जी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् । यसअघि नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स, इङ्ग्ल्याण्ड, क्रोएसिया र ब्राजिल क्वाटरफाइनलमा प्रवेश गरिसकेका छन् । आजका दुई खेलबाट दुई टिम क्वाटरफाइनल पुग्नेछन् ।