काठमाडौं – बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी १४ का ४४ वर्षीय चानषबहादुर गिरीलाई आइतबार काठमाडौंस्थित सुकेधाराबाट पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पाँच लाख ५० हजार रूपैयाँ बिगो रहेको बैंकिङ कसुरमा गत साउन २६ गते पाटन उच्च अदालतबाट अनुमति लिई प्रहरीले खोजिरहेकोमा आइतबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेलगत्तै आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।