फाइल तस्वीर

काठमाडौं– साताको दोस्रो दिन आज नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी चाँदी प्रतितोला १५ रुपैयाँले बढेर तोलामा १ हजार ३ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।