फाइल तस्वीर
म्याङ्लुङ – नेपाल पत्रकार महासङ्घ तेह्रथुमले पत्रकार क्षमता विकास तालिम दिन सुरु गरेकोको छ । तेह्रथुम जिल्लामा कार्यरत ३५ पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न महासङ्घले १२ औं साधारणसभाको अवसरमा जिल्लाका विभिन्न सञ्चारमाध्यमहरुमा काम गर्ने पत्रकारहरुलाई तालिमको व्यवस्था गरेको हो ।

उक्त तालिममा पत्रकारिताको मर्म, समाचार सङ्कलन, लेखन र सम्पादन, रेडियो तथा टेलिभिजनका लागि गरिने रिपोर्टिङ, पत्रकार आचारसंहिता र पत्रकारको संस्थागत विकासलगायत पत्रकारितासँगसम्बन्धित विषयहरु सिकाइने छ । तालिममा सहभागी पत्रकाहरुले नेपाल पत्रकार महासङ्घको भूमिका र सूचनाको हक सम्बन्धी विषयमा पनि छलफल गरिने र सहभागी पत्रकारहरुले समाचार सङ्कलनका दौरानमा देखे भोगेका समस्या र अनुभवहरु साटासाट गर्ने कार्यक्रम समेत रहेको नेपाल पत्रकार महासङ्घ तेह्रथुमले जनाएको छ ।