विश्वकप फुटबल इङ्ग्यल्याण्ड सेनेगल

दोहा— कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा इङ्ग्ल्याण्ड क्वाटरफाइनल प्रवेश गरेको छ । उसले प्रि–क्वाटरफाइनलमा सेनेगललाई ३–० ले पाखा लगाउँदै अन्तिम आठ (क्वाटरफाइलन) मा प्रवेश गरेको हो ।

आइतबार राति अल बायत रङ्गशालामा भएको खेलमा सेनेगलमाथि सहज जित निकाल्दै इङ्ल्यान्डले आफुलाई विश्वकपको दावेदारको रुपमा प्रस्तुत गरेको छ । पहिलो हाफमा दुई गोलले अग्रता बनाएको इग्ल्यान्डले दोस्रो हाफमा पुनः एक गोल गदैै सेनेगलसँगको जित थप सुनिश्चित बनायो । इङ्ग्ल्याण्डलाई जिताउन जोर्डन हेन्डरसन, ह्यारी केन र बुकायो साकाले १÷१ गोलको साझेदारी गरेका थिए ।

मध्यान्तर अघिको खेलमा इङ्ग्यल्याण्डले सेनेगलमाथि ३८ औं मिनेटमा गोलको खाता खोल्यो । आफ्नो टिमको लागि पहिलो गोल हेन्डरसनले गर्दा दोस्रो गोल टिमका क्याप्टेन ह्यारी केनले मध्यान्तर अघिको अन्तिम मिनेटमा सानदार ढङ्गले गोल गर्दै इङ्ग्ल्याण्डलाई २–० गोलमा पुर्याए ।

मध्यान्तर पछि सुरुभएको खेलमा सेनेगलले खेलमा फर्किन कोशिस गर्दा नगर्दै थप अर्को गोलको सामना गर्न पुग्यो । आफ्नो टिमको जितलाई सुनिश्चित गर्न ५७ औं मिनेटमा इङ्ग्ल्याण्डका बुकायो साकाले डि एरियाभित्र पाएको पासलाई सदुपयोग गर्दै गोल गर्दा इङ्ग्ल्याण्डले ३–० गोलले सेनेगललाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । अब इङ्ग्ल्याण्डले सेमिफाइनलमा पुग्नका लागि क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नुपर्ने छ ।