काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ३ सय ८८ जनाको नमूना परीक्षण गर्दा ६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । सो अवधिमा १९ जना कोरोना भाइरसको सङ्क्रमणबमट मुक्त भएका छन् । हाल नेपालमा १ सय ८ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।