फाइल तस्वीर ।


काठमाडौं – अघिल्लो साताको मध्यदेखि बढेको सुनको मूल्य आज आईतबार पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारदेखि सुनको मूल्य निरन्तर बढेको जनाएको छ ।

बुधबार छापावाल सुन प्रतितोलामा दुई सय रूपैयाँले बढेको थियो भने बिहीबार बजार खुल्लो पुनः पाँच सय रूपैयाँले बृद्धि भयो । निरन्तर उकालो लागेको सुन शुक्रबार तोलामा फेरी एक हजार रूपैयाँले बढ्यो ।

सुनको मूल्य बढ्नेक्रम आज आइतबार पनि भयो । बजार खुल्ला प्रतितोला चार सय रूपैयाँले बढेको महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा ९९ हजार पाँच सय रूपैयाँ छ भने तेजाबी सुनको मूल्य तोलामा ९९ हजार रूपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य ९९ हजार एकसय रूपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार छ सय रूपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य तोलामा २५ रूपैयाँले बढेको महासङ्घले जनाएको छ । शुक्रबार प्रतितोला १३ सय ४५ रूपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ७० रूपैयाँ पुगेको छ ।