फाइल तस्वीर ।


दोहा– फिफा विश्वकपको कतारी संस्करणको पहिलो चरणका सबै खेलहरु सकिएका छन् । शुक्रबार समूह ‘जि’ र ‘एच’ को खेलसँगै जारी संस्करणमा अन्तिम १६ मा पुग्ने सबै टिमको तय भएको हो ।

शुक्रबार समूह ‘जि’ र ‘एच’ को खेलसँगै जारी संस्करणमा अन्तिम १६ मा पुग्ने सबै टिमहरु नकआउट चरणमा पुगेका छन् । सहभागी ३२ टिममध्ये १६ वटा टिम विश्वकपबाट बाहिरिसकेका छन् । प्रतियोगितामा फिफाले ३२ टिमलाई ८ समूहमा विभाजन गरेको थियो । जहाँबाट हरेक समूहका शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाएका हुन् । अब प्रि–क्वाटरफाइनल (नकआउट चरणका खेल) खेल हुँदैछन् ।

विश्वकपको कतारी संस्करणमा समूह ‘ए’ बाट नेदरल्यान्ड्स विजेता र सेनेगल उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेका छने भने समूह ‘बी’ बाट इङ्ग्ल्यान्ड विजेता र अमेरिका उपविजेता बनेर अन्तिम १६ मा पुगेका छन् । अन्तिम १६ मा पुग्ने टिमहरुमा समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भए ।

यसैगरी समूह ‘डी’ बाट विजेताबन्दै फ्रान्स र उपविजेता बन्दै अष्ट्रेलिया पुग्दा, समूह ‘ई’ बाट जापान र स्पेन क्रमशः विजेता र उपविजेता भै नकआउट चरणको यात्रा सुरक्षित गरेका छन् । समूह ‘एफ’ बाट भने मोरक्को विजेता र क्रोएसिया उपविजेता बने । समूह ‘जी’ बाट ब्राजिल विजेता र स्विट्जरल्यान्ड उपविजेता तथा समूह ‘एच’ बाट पोर्चुगल विजेता र दक्षिण कोरिया उपविजेता बन्दै नकआउट चरणमा पुगेका छन् ।

अब नकआउट चरणमा १६ टिमले प्रतिस्पर्धा गर्ने छन् । नकआउट चरणमा जुन आठ खेल खेलाइने छ । जुन टिमले टित्ने छ त्यो टिम अर्को चरणमा प्रवेश गर्ने छ । अर्को चरण अर्थात् क्वाटरफाइनलमा जम्मा आठ टिम पुग्दा हारेका टिम पनि विश्वकप प्रतिस्पर्धाबाट बाहिरिने छन् । प्रि–क्वाटरमा नेदरल्यान्ड्स र अमेरिका भिड्ने छन् भने अर्जेन्टिना र अष्ट्रेलिया पनि आमने–सामने हुनेछन् अन्तिम आठमा प्रवेश गर्न ।

यसैगरी क्वाटरफाइन प्रवेशका लागि फ्रान्स र पोल्याण्ड तथा इङ्ग्ल्यान्ड र सेनेगल भिड्दा, जापान र क्रोएसिया, मोरक्को र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । पोर्चुगल र स्विट्जरल्यान्ड तथा दक्षिण कोरिया र ब्राजिलबीच पनि क्वाटरफाइनल अर्थात् अन्तिम आठको लागि भिड्ने भएका छन् ।