फाइल तस्वीर ।


तम्घास – नेपाली काङ्ग्रेसका नेता एवम् गुल्मी क्षेत्र नम्बर –१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद् चन्द्र भण्डारीले पार्टीका वर्तमान नेतृत्वहरुबाट देशमा अहिले देखिएका चुनौतीको समाधान हुन नसक्ने दावी गर्नुभएको छ । गुल्मीको तम्घासमा आज शुक्रकार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्द नवनिर्वाचित सांसद् भण्डारीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

वर्तमान पार्टीका नेतृत्वहरु शारीरिक रुपले पनि अस्वस्थ भएकाले उहाँहरुबाट चुनौतीको समाधान गर्न भन्दै देशको विद्यमान समस्यालाई सम्बोधन गर्न युवाहरु नेतृत्वमा आउनुपर्ने बताउनु भयो । सरकारको नेतृत्व कस्ले गर्ने भन्ने विषयमा पार्टी र गठबन्धन भित्र बसेर सहमति गरिने नेता भण्डारीको भनाइ थियो ।

नेता भण्डारीले पार्टी र गठबन्धन दलहरु भित्र झगडा र आन्तरिक किचलो नहुने गरी सहमतिमै आगामी सरकार गठन हुने जिकिर गर्नुभयो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारीले जिल्लामा विकास निर्माणका अधुरा रहेका र नयाँ गर्नुपर्ने कामहरुलाई आफुले पूरा गर्नेगरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।