साङ्केतिक तस्वीर ।


भक्तपुर — भक्तपुरको मध्यपुरठिमी नगरपालिकाको मिलरोडमा घरको छतबाट खसेर एक युवकको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित मिलरोमा रहेको घरको चौथो तलाबाट खसेर १७ वर्षीय युवक भूमिललाल श्रेष्ठको मृत्यु भएको हो ।

हिजो बिहीबार साँझ साढे ६ बजे उनी छिमेकीको घरको कम्पाउण्डमा खसेका थिए । गम्भीर घाइते भएका श्रेष्ठको ठिमीस्थित नागरिक अस्पताल मा उपचारको लागि भर्ना गरिएकोमा सोही दिन पौने ७ बजे मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उक्त घटना कसरी घट्न पुग्यो भन्नेबारेमा प्रहरीले केही बताएको छैन ।