फाइल तस्वीर


कतार– विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज शुक्रबार विभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘एच’ र ‘जी’ का अन्तिम खेलहरु हुनेछन् ।

आज हुने समूह ‘एच’ पहिलो दुई खेलहरुमा दक्षिण कोरिया र पोर्चुगल भिड्ने छन् । यी दुवै टिम जितको खोजिमा मैदानमा उत्रिदा अर्का दुई टिम उरुग्वे र घानाबीच पनि प्रतिस्पर्धा हुने छ । आजको खेलमा समूह ‘एच’को एक टोलीको विश्वकप सम्भावना निर्धारण गर्नेछ । दुवै खेल नेपाली समय अनुसार राति पौने नौ बजे सुरु हुनेछ ।

समूह ‘एच’बाट पोर्चुगल एक खेल अगावै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको भने आजको खेलमा जित निकाल्दै घाना पनि अन्तिम १६ मा प्रवेश गर्ने योजना बुन्दै मैदानमा उत्रने छ ।

उरुग्वेलाई पनि जित निकाल्दै पर्ने बाध्यता छ । यसै समयमा हुने अर्काे खेलमा पोर्चुगल जित निकाल्दै समूहमा अपराजित हुँदै समूह चरण अन्त्य गर्ने योजनामा छ । दक्षिण कोरिया पनि जितको खोजिमा मैदानमा उत्रनेछ ।

विश्वकप अन्तर्गत कै अर्को समूह ‘जी’ को पनि अन्तिम दुई खेलहरु हुनेछन् । यी दुई खेलमा सर्बीयाले स्वीजरल्यान्डको सामना गर्नेछ भने क्यामरुनले ब्राजिलको सामना गर्नेछ । समूह ‘जी’ को एक टोलीको अघिल्लो चरण प्रवेश सम्भावना निर्धारण हुनेछ ।

ब्राजिल यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । आजको खेलमा तिज निकाल्दै स्वीजरल्यान्ड प्रतियोगिताको नकआउट चरणमा पुग्ने योजनामा छ । यता क्यामरुन र सर्बीयाको पनि सोही लक्ष्यका साथ मैदानमा ओर्लनेछन् । समूह ‘जी’ अन्तर्गतका यी दुवै खेल पनि नेपाली समय अनुसार राति पौने १ बजे हुनेछन् । आजबाट समूह चरणका खेलहरु सकिने छन् ।