रौतहट – रौतहटस्थित गस्तिमा रहेको सशस्त्र प्रहरीले गौर नगरपालिका–५ स्थित बरहवा पुल इलाकाबाट दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बलले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट आउँदै गरेका उनीहरूको साथबाट स्रोत नखुलेको ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा गढीमाई नगरपालिका–४ सङ्ग्रामपुर बस्ने २९ वर्षीय राजुकुमार यादव र सोही नगरपालिका–९ बरियारपुर बस्ने ३३ वर्षीय राजेशप्रसाद यादव छन् । बरामद रुपैयाँ तथा मोटरसाइकलसहित उनीहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ ।