काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला र संस्कृतिका क्षेत्रमा संसारकै धनी र समृद्ध मुलुक भएको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औं प्राज्ञसभाको उद्घाटन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
प्रधानमन्त्री देउवाले कला ‘साधक र सर्जक’ देशका अमूल्य निधि भएको चर्चा गर्नुहुँदै कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति र मुलुकको पहिचानको प्रतीक भएको उल्लेख गर्दै यसको संरक्षण र सम्वद्र्धन गर्नु पर्ने कुरामा विशेष जोड भयो ।

प्राज्ञसभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान रहेको बताउनु भयो । कला र संस्कृतिको संरक्षण र सम्वद्र्धनबाट देशको आर्थिक तथा सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ भन्नुभयो ।

प्रधानमन्त्री देउवाले ललितकला क्षेत्रको संरक्षण र सम्वद्र्धन यस क्षेत्रको अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो’ उल्लेख गर्नुभयो । नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको प्रधानमन्त्रीको भनाइ थियो ।

नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका सङ्ग्रहालय तथा ग्यालरीमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको दावीसमेत गर्नुभयो । प्रधानमन्त्री देउवाले ६÷७ सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कला र कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई विश्वभर स्थापित गर्न महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।

प्रधानमन्त्री देउवाले भने, ‘अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशको मात्र नभई विश्वकै सम्पत्ति मानेर संरक्षण र सम्वद्र्धन गर्ने प्रचलन सुरु भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।’

प्रधानमन्त्री देउवाले प्रतिष्ठानले पनि युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने भन्दै कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि प्रचुरमात्रामा फाइदा उठाउनसक्ने भएकाले यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीले कलाकार अरनिकोको १७ फिट अग्लो मूर्ति निर्माणलाई सम्पन्न गर्न आवश्यक पर्ने बजेट सरकारले उपलब्ध गराउनेसमेत प्रतिबद्धता व्यक्तगर्नुभएकोछ ।