साङ्केतिक तस्वीर


काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ३३७ जनाको पीसीआरविधि र ५६६ जनाको एन्टिजेनविधिबाट स्वास्थ्य परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको ।


त्यसैगरी कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये आज बिहीबार २४ जना सङ्क्रमणमुक्त भएका छन । हाल देशभर १५६ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यस अवधिमा कोरोना भाइरसको सङ्क्रमका कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरुभएयता अहिलेसम्म १२ हजार १९ को ज्यान गएको मन्त्रालयको तथ्याङ्क छ ।