फाइल तस्वीर


सुनसरी– सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाल काङ्ग्रेसका उम्मेदवार एवम् सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की ११२ मत अन्तरले निर्वाचित हुनुभएको छ । मन्त्री कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

मतगणनाको अन्तिम नतिजा अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटम प्रतिस्पर्धी एमालेका जगदीशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गर्नुभएको छ । निर्वाचित कार्की र परातिज कुसियतबीचको मतान्तर एक सय १२ मात्र रहेको छ ।

मतगणनाका क्रममा नतिजा निकै प्रतिस्पर्धात्म देखिएको थिया । काङ्ग्रेस उम्मेदवार कार्कीले मतगणनामा एमालेबाट गडबडी भएको भन्दै कार्कीले मत गणना रोक्न निवेदन दिनुभएको थियो । केही समय मत गन्ने काम स्थगित भएको थियो । पछि निर्वाचन आयोगले मत गन्ने कामलाई निरन्तरता दिन निर्देशन पनि अवरुद्ध मतगणना हिजोबाट सुरु भएको थियो । प्रतिनिधिसभा सदस्यमा निर्वाचित मन्त्री कार्की २०७४ को निर्वाचनमा पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।