प्रतिकात्मक तस्वीर
सिरहा – सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका ११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्र बोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका ४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका ११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरूलाई कटुवा पेस्तोल पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।