साङ्केतिक तस्वीर

सप्तरी – दराजले थिचेर अढाई वर्षीया बालिकाको मृत्यु भएको छ । दराजले थिचेर गम्भीर घाइते भएकी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका ६ की अढाई वर्षीया बालिकाको उपचारको क्रममा मृत्यु भएको हो ।

स्थानीय कुबेर कार्कीकी छोरी योजना कार्की छिमेकीको घरमा राखिएको दराजले थिचेर गम्भीर घाइते भएकी थिइन् । उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

मृतक बालिकाको शव बुधबार घरमा ल्याएर अन्त्येष्टी गरिएको स्थानीयले बताएका छन् । सोमबार बिहान ९ बजे छिमेकी ललित मेहताको घरमा खेल्न गएको नातिनीलाई उनको घरमा राखिएको दराजले थिचेर घाइते भएको हजुरबुबा अर्जुन कार्कीले बताएका छन् । दराजले थिचेर अचेत अवस्थामा रहेकी नातिनीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कार्कीको भनाइ छ ।