हलिउडमा एउटा दुखद घटना घटेको छ । प्रख्यात कन्ट्री सिङ्गर को ३७ वर्षको उमेरमा निधन भएको छ । विवाहको केहि घण्टा नबित्दै उनी संसारबाट विदा भएका छन् । नोभेम्बर २६ मा उनले विवाह गरेका थिए । त्यहि दिन सुतेको समयमा उनको निधन भएको हो ।

फ्लिन्टको मृत्युको कारण अहिले थाहा भएको छैन । गायकको अचानक भएको निधनले उनकी श्रीमती ब्रेन्डा र उनका परिवारका सदस्यामा ठुलो ब्रजपात पर्न गएको छ । गायक फ्लिन्ट ओक्लहोमामा बसोबास गर्थे ।

फ्लिन्टको निधनको पुष्टि उनको पब्लिसिस्ट क्लीफ डोयलले गरेको हो । नोभेम्बर २६ मा ब्रेन्डा फ्लिन्टसंग विवाह गरेको केही घण्टामा नै उनले संसारबाट विदा लिएका थिए ।

फ्लिन्टकी श्रीमती ब्रेन्डाले सामाजिक सन्जालमा एउटा पोस्ट शेयर गर्दै लेखेकी छिन् – ‘भखर्रै हाम्रो विवाह भएको हो । विवाहको तस्बिर हेर्न चाहान्थे, तर यहि समयमा आफ्नो श्रीमानलाई कुन लुगामा गाड्नु पर्छ भन्ने सोच्नु परेको छ । कुनै पनि मानिसलाई यति धेरै दुःख कसरी पर्छ होला । मेरो मुटुले मलाई छाडेर गयो । मलाई उसको आवश्यकता छ । म यो कुरा कसरी सहनु । मलाई मेरो श्रीमान् फिर्ता चाहियो ।’