रुपन्देही – लुम्बिनी प्रदेश सरकारले सबै मन्त्रालय स्थायी राजधानी दाङ देउखुरीमा सार्ने तयारी गरेको छ । मन्त्रालय स्थानान्तरणका लागि आन्तरिक तयारीमा सरकार लागि रहेकाले यही मङ्सिर महिनाभित्र प्रदेश सरकार मातहतका सबै मन्त्रालय राजधानीमा सार्ने तयारी रहेको बताइएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलबहादुर केसीले प्रदेश सरकार मातहतका सबै मन्त्रालयका लागि आवश्यक पर्ने पूर्वाधारसहित मुख्य सचिवको आवास व्यवस्थापनको काम भइसकेकाले निर्वाचन आचारसंहिता अन्त्य भएसँगै मन्त्रालयहरू राजधानीमा लैजाने तयारी सरकारले गरिरहेको बताउनुभयो ।