सिराहा – सिराहाको दक्षिणवर्ती बरियापट्टी गाउँपालिकामा सालनालसहित बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । आज बिहीबार बिहान बरियारपट्टी गाउँपालिका–३ बजारदेखि ७०० मिटर पश्चिम र दक्षिणमा कपडामा पोकोपारी राखिएको अवस्थामा नवजात शिशु भेटिएको हो।

स्थानीय अधिकलाल यादव खेत गएको बेला बच्चा रोएको आवाज सुनेपछि उनले गाउँले र प्रहरीलाई खबर गरेका थिए । खबर पाउनासाथ इलाका प्रहरी कार्यालय बरियापट्टीबाट पुगेको प्रहरी टोलीले नवजात शिशुलाई उद्धार गरी स्वास्थ्य चौकी बरियारपट्टी पु¥याएका प्रहरीले जनाएको छ । शिशु २ किलो ८ सय ग्राम तौलको छोरा रहेको र स्वास्थ्य अवस्था राम्रो रहेको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् ।

शिशुलाई जिल्ला अस्पताल सिराहा पठाउने तयारी भइरहेको बताइएको छ । अवैध सम्बन्धका कारण बच्चा जन्मिएका कारण फालेको हुनसक्ने स्थानीयले अनुमान गरेको छ । नवजात शिशु कसको र किन फ्यालिएको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।