काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । २०७९ मङ्सिर १४ गते बेलुका ५ बजे बसेको बैंक सञ्चालक समितिको ३७२ औं बैठकले चुक्ता पुँजीको ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पास गरेको हो ।

बैंकको २०७९ असार मसान्तमा कायम चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १ सय ९८ रुपैयाँ ८९ पैसामा ४ दशमलव ७५ प्रतिशतले हुन आउने रकम ४५ करोड ३८ लाख १० हजार ६ सय ८६ रुपैयाँ ९५ पैसाबराबरको बोनस सेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ० दशमलव २५ प्रतिशतले हुन आउने रकम २ करोड ३८ लाख ८४ हजार ७ सय ७३ रुपैयाँ मात्र बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपश्चात वितरण गरिने बैंकले जनाएको छ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु बैंक लिमिटेडबीच गत साउन १५ मा संस्था प्राप्तिसम्बन्धी सहमति भएको छ । सोअनुरुप प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्नेछ र पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने गरी प्राप्ति प्रक्रिया अगाडि बढेको छ ।