काठमाडौं – साताको पाँचौं दिन आज बिहिबार नेपाली बजारमा सुन,चाँदी दुवैको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो । आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार १ सय रुपैयाँ कायम भएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९७ हजार ६ सय रूपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । त्यसैगरी चाँदीको मूल्य पनि आज ४० रूपैयाँले बढेर १३ सय ३० रूपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।