सुनसरी – नेपाली काङ्ग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की सुनसरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली काङ्ग्रेसका उम्मेदवार कार्कीले निकटतम् प्रतिस्पर्धी एमालेका जगदिश प्रसाद कुसियैतलाई १ सय १२ मतको अन्तरले पराजित गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले दिएको अन्तिम मत परिणाम अनुसार मन्त्री कार्कीले ३० हजार ४ सय ८३ मत प्राप्त गर्दा कुसियैतले ३० हजार ३ सय ७१ मत प्राप्त गरेका छन् ।

कार्की २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए ।