फाइल तस्वीर
स्याङ्जा – प्रतिनिधिसभा सदस्यको लागि ११ दिन अघि भएको निर्वाचनअन्तर्गत स्याङ्जा जिल्ला निर्वाचन क्षेत्र नम्बर –२ को मतगणना पुनः सुरुभएको छ । व्यापक धाँधली भएको भन्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतका दलहरुले पुनः मतदान हुनुपर्ने माग गरेका थिए ।

निर्वाचन आयोगको बुधबारको निर्देशनअनुसार मत गन्ने काम सुरुभएको छ । नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । यसअघि नेकपा एमालेकी पद्मा अर्यालले अग्रता लिएकी थिइन् । मत गणनाको पछिल्लो परिणाम अनुसार नेपाली काङ्ग्रेसका उम्मेदवार धनराज गुरुङले ३ हजार ९०७ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ भने उहाँका निकटम प्रतिस्पर्धी एमालेकी उम्मेदवार पद्मा अर्यालले ३ हजार २७८ मत ल्याउनु भएको छ ।

बिहानसम्म एमालेकी अर्यालले अग्रता लिनुभएको थियो भने काङ्ग्रेसका गुरुङ दोस्रो स्थानमा हुनुहुन्थ्यो । पछिल्लो मतपरिणाम अनुसार अर्याल गुरुङभन्दा ६९२ मतान्तरले अगाडि रहनुभएको छ ।