फाइल तस्वीर


चरिकोट – दोलखामा धाँधली भएको भन्दै विवाद उत्पन्न भएपश्चात् रोकिएको निर्वाचनको पुनः मतदान सुरु भएको छ । दश वटा मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

जिल्लाको वैत्यश्वर गाउँपालिका– ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवनमा क र ख, वडा नं ३ को कालीढुङ्गा माविको क, ख, ग मा मतदान भैरहेको हो ।


यहाँ कुल ८ हजार ५१४ मतदाता रहेका छन् । मतदान बिहीबार बिहान ७ बजेदेखि सुरु भएको हो र साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।