दोहा– कतारमा जारी विश्वकप फूटबल अन्तर्गत समूह ‘सी’ को अन्तिम चरणको खेलमा अर्जेन्टिनाले जित निकाल्दै समूह चरणको विजेता बन्दै अन्तिम १६ मा पुगेको छ । मध्यान्तर अघिको खेलमा ३९ औं मिनेटमा पाएको पेनाल्टीमा मेसी चुक्दा पहिलो हाफ गोलरहित बराबरीमा टुङ्गिएको थियो । मध्यान्तरपछि खेल सररु भएको १ मिनेटमै पोल्याण्ड विरुद्व अर्जेन्टिनाले गोल गर्दै अग्रता बनायो ।

अर्जेन्टिनालाई अग्रता दिलाउने क्रममा एलेक्सीस एलिस्टरले गोल गरेका थिए। उनको यो पहिलो अन्तराष्ट्रिय गोलसमेत हो। उनले नहुल मोलिनाको क्रसलाई सानदार फिनिस गर्दै आफ्नो टिमलाई जितको ढोका खोलेका थिए । मध्यान्तर पछि पुरैखेल आफ्नो कब्जामा राख्न सफल अर्जेन्टिनाले ६७ औं मिनेटमा गोल गर्दै प्रि–क्वाटरफाइलनको यात्रा सुनिश्चित बनायो ।

समूह ‘सी’ बाट अर्जेन्टिना विजेता र पोल्याण्ड उपविजेता बन्दै अन्ति १६ मा पुगेका छन् । समूह चरणको पहिलो खेलमा सायदी अरेयिबासँग २–१ ले स्तब्ध भएको अर्जेन्टिनाले पछिल्ला दुवै खेल जित्दै प्रि–क्वाटरफाइनलमा पुगेको हो ।

अर्जेन्टिना खेलमा पूरा समय हाबी थियो । तर, गोलका लागि दोस्रो हाफसम्मको प्रतीक्षा गर्नुपरेको थियो । पोल्याण्ड गोलरक्षक ओजिच जेस्नीले मेस्सीलाई ट्याकल गरेको भन्दै भिडियो रिभ्यूको सहारामा रेफ्रीले पेनाल्टी दिए पनि मेस्सीको प्रहार जेस्नीले रोकिदिए ।

त्यस्तै समूह सीको अर्को खेलमा साउदी अरेबिया विरुद्व मेक्सीकोले पनि अग्रता बनाएको छ । मेक्सीकोका लागि हेनरी मार्टिनले गोल गर्दै टिमलाई अग्रता दिलाए। उसका लागि दोहोरो अग्रता बनाउने क्रममा टिमका लागि दोस्रो गोल लुइस चाभेजले सम्भव बनाए।