फाइल तस्वीर ।


बेइजिङ — चीनका पूर्व राष्ट्रपति जियाङ जेमिनको आज बुधबार निधन भएको छ । पूर्व राष्ट्रपति जियाङको ९६ वर्षको उमेरमा निधन भएको हो ।

पूर्व राष्ट्रपति जियाङ गत अक्टोबरमा सम्पन्न पार्टीको २० औं कङ्ग्रेसमा स्वास्थ्यका कारणले उपस्थित हुन सक्नुभएको थिएन । पार्टीको २० औ कङ्ग्रेस तथा सयौँ वार्षिकोत्सवमा सहभागी नहुनुभएको विषयलाई उहाँको खस्किँदै गएको स्वास्थ्यसँग खराब भएको अनुमान गरिएको थियो ।

सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्नु भएका जियाङले चिनियाँ अर्थतन्त्रलाई बलियो बनाउन विश्व बजारसँग जोड्न विशेष पहल गर्नुभएको थियो ।