एजेन्सी – नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो ’द भ्वाइस’ को सेमिफाइनलमा प्रवेश गरेकी छन् । कोच जोन लिजेन्डको तर्फबाट उनले टप १२ मा एलेसिया काराको ’स्कार्स टु योर ब्युटिफुल’ बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर चारै जना कोचले तारिफ गरे । ।

सेमिफाइनलमा प्रवेश गरेपछि उनले एक भिडिओमार्फत शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेकी छन् । साथै उनले फाइनलको लागि दुई साता मात्रै रहेको हुँदा भोट गर्न अपिल गरेकी छन् ।

सेफिफाइनलमा उनले ८ जना प्रतिस्पर्धीसँग प्रस्तुति दिनेछिन् । परिजिताको ब्लाइन्ड अडिसनबाटै चर्चा भइरहेको छ । उनले ब्लाइन्ड अडिसनमा गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाएकी थिइन् । गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ ।