पाकिस्तान – इस्लामाबाद–पश्चिमी पाकिस्तानमा आत्मघाती आक्रमणकारीले प्रहरी ट्रकलाई लक्षित गरि हमला गर्दा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान भएको हमलामा अन्य २३ जना घाइते भएको एक अधिकारीले बताएका छन् ।

क्वेटा सहरमा पोलियो खोप लगाउने तयारीमा रहेको प्रहरी टोलीलाई लक्षित गरी विस्फोट भएको वरिष्ठ प्रहरी अधिकारी अजहर मेहेसरले एएफपीलाई बताए । मारिनेमा एक प्रहरी, एक महिला र एक बालक छन् ।

यसअघि पनि पाकिस्तानमा पोलियो अभियानलाई त्यहाँका विद्रोहीले बारम्बार अवरुद्ध गरेका थिए । एजेन्सी