काठमाडौं – बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा कार्यरत प्रहरी वरिष्ठ नायब उपरीक्षक उमेश कोइरालालाई कात्तिक महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको छ ।

साङ्गठनिक नीति निर्देशन बमोजिम आफूलाई दिइएको जिम्मेवारी तथा पदीय दायित्वलाई इमान्दारी, बफादारी तथा व्यावसायिक सुझ–बुझका साथ कर्तव्यनिष्ठ भई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ लाई शान्तिपूर्ण, व्यवस्थित एवं भयरहित वातावरणमा सम्पन्न गराउन भूमिका निर्वाह गरेको भन्दै कोइरालालाई सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको जनाइएको छ ।