साङ्केतिक तस्वीर
सप्तरी – यहि मङ्सिर १२ गते सोमबार रातिदेखि बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उनको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा फेला परेको हो ।

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार तालिमप्राप्त कुकुरको साथ लिएर घटनाको अनुसन्धान अघि बढाएका छौँ ।’घटनाबारे अनुसन्धान जारी छ ।