फाइल तस्वीर


काठमाडौं –नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधबार सुन प्रतितोलामा २ सय रुपैयाँले बढेको छ । हिजो मङ्लबार छापावाल सुन तोला ९७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज छापावाल सुनको मूल्यमा २ सय रुपैयाँले वृद्धि भै ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्यपनि बढ्न गै प्रतितोला ९७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीमा पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबारको महासङ्घले जनाएको छ ।